अर्थमन्त्री जनार्दन शर्मा र महाप्रसाद अधिकारीबीच भलाकुसारी

४ आश्विन २०७९, मंगलवार १३:५५

काठमाडौं । केहि समय अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच सम्बन्ध सुमधुर थिएन् । तर पछिल्लो समयमा भएका कार्यक्रमहरुमा अर्थमन्त्री जनार्दन शर्मा र महाप्रसाद अधिकारीबीच सम्बन्ध सामान्य सुधार आएको देखिन्छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको ३९औं वार्षिकोत्वसमा दुईबीचको सम्बन्धमा सुधारको संकेत झल्किएको छ । आज भएको कोषको वार्षिकोत्वसव कार्यक्रममा दुबैजना सहभागी थिए । कार्यक्रममा केही मिनेट ढिला आइपुगेका अर्थमन्त्री शर्मालाई गभर्नर अधिकारीले नमस्कार गरे तर अर्थमन्त्री शर्माले फर्काएनन् । पछि अर्थमन्त्री शर्मा गभर्नर बसेको सोफामा गएर बसे ।

गभर्नर अधिकारीले पटकपटक अर्थमन्त्रीसँग बोल्न प्रयास गरेको देखिन्थ्यो । केही समय प्रयासपछि दुवैबीच भलाकुसारी चल्न थाल्यो । करिब ३।४ मिनेटसम्मको भलाकुसारीले दुईबीचको सम्बन्धमा सुधार आएको होकी भन्ने खालका उपस्थित ब्यक्तिहरुले अड्कल गरेका थिए ।

सार्वजनिक कार्यक्रममा उपस्थित भएका दुबैजनाको हाउभाउले सम्बन्धमा सुधारको संकेत देखिएको छ । आज भएको कर्जा सुरक्षण कोषको वार्षिकोत्वस कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा विशिष्ट अथिति र विशेष अतिथिका रुपमा गर्भनर अधिकारी रहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*