निक्षेप सुरक्षण कोषको दायरा बढेसँगै जिम्मेवारी बढेको छ: अर्थमन्त्री शर्मा

४ आश्विन २०७९, मंगलवार १३:३०

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निक्षेप सुरक्षणको दायरा बढेको बताएका छन् । आज निक्षेप तथा कर्जा सुरक्षण कोषको ३९औं वार्षिकोत्वसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले प्रतिव्यक्ति निक्षेपको दायरा ५ लाख रुपैयाँ कायम गरिएको बताएका हुन् ।

उनले भने, ‘पछिल्लो समयमा सरकारको साउन १९ गतेको निर्णयअनुसार निक्षेप सुरक्षणको सिमा प्रतिव्यक्ति ५ लाख रुपैयाँ कायम गरिएको छ,’ उनले भने, ‘भदौ १ गतदेखि तीन लाख रुपैयाँबाट निक्षेप सुरक्षणको सिमा दायरा बढाएर ५ लाख रुपैयाँ कायम गरिएको हो ।

साथै उनले निक्षेपको दायरा बृद्धि भएसँगै निक्षेप तथा कर्जा सुरक्षण कोषको जिम्मेवारी बढेको बताए । निक्षेप सुरक्षण कोषको दायरा बढेसँगै अर्थमन्त्री शर्माले कोषलाई पूर्ण रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।

साथै बैंक तथा वित्तीय संस्थाहरुमा सर्वसाधारणहरुले विश्वास गर्ने विषयमा कोषले पूर्ण भूमिका निर्वाह गरेको अर्थमन्त्री शर्माले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*