लघुवित्त कोष बनाएर किसानलाई सहुलियत ऋण दिन्छौं: अर्थमन्त्री शर्मा

४ आश्विन २०७९, मंगलवार १३:२७

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारी संस्थानहरुको रकम सुरक्षण गर्नका लागि लघुवित्त कोष निर्माण गर्ने बताएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको ३४औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्ता बताएका हुन् ।

उनले भने, ‘सरकारी संस्थानमा रहेको सीमित रकम लघुवित्त कोषमा जम्मा हुनेछ, र सो रकम सहुलियत ऋणको रुपमा ग्रामिण क्षेत्रका साना किसानहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गरिनेछ,’ उनले भने ‘गरिबको घरमै सहुलियत ऋण पुग्ने गरी लघुवित्त कोष निर्माण कार्य अघि बढेको छ ।’

साथै अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधार गर्न आयात प्रतिस्थापन गरि उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । ग्रामिण क्षेत्रमा रहेको साना तथा मझौला उद्योहरुको पबद्र्धन गरी साना किसानहरुको हक हित हुने खालका कार्यक्रमको सिर्जना गर्ने मन्त्री शर्माले बताए ।

उनले भने, ‘ग्रामिण अर्थतन्त्रलाई जोड दिएर त्यस्ता क्षेत्रमा रहेका स्रोत साधनको प्रयोग गरी अघि बढ्नुपर्छ । साथै यसभन्दा अघि तोकिएका आयात प्रतिशत परिमार्जन गरी घटाउनुपर्ने समेत उनले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले ग्रामिण क्षेत्रमा साना किसानहरुले कृषिकर्जाै लिएर घर किन्ने नीतिको अन्त्य गर्नुपर्ने बताएका छन् । कर्जा तथा निक्षेप कर्जा सुरक्षण कोषको वार्षिकोत्सवको अवसरमा बोल्दै उनले कोषले निक्षेपका साथै कर्जाको समेत सुरक्षण गरेको बताउँदै कोषले अझै पनि जोखिमका व्यवस्थापनहरु गर्नुपर्ने, संस्थागत शुसासन कायम गर्नुपर्ने आवश्यक रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*