सिटिजन लाइफद्धारा संस्थापकहरुलाई पुँजि थप्न आग्रह, पाँच अर्ब चुक्ता पुँजि पुराउने यस्तो छ तयारी

४ आश्विन २०७९, मंगलवार ११:५९

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापकहरुका लागि ५० प्रतिशत पूँजी थप गर्न आग्रह गरेका छन् । कम्पनीले असोज ७ गते भित्र संस्थापकहरुलाई ५० प्रतिशत पूँजी थप गर्न आग्रह गरेको थियो । हालसम्म पनि माग बराबरको पूँजी नजुटेपछि कम्पनीले असोज २६ गतेसम्म समय थप गर्दै सूचना जारी गर्दै माग गरेको हो ।

कम्पनीले असोज ७ गते भित्र विद्यमान संस्थापकहरुलाई ५० प्रतिशत पूँजी थप गर्न आह्वान गरेको थियो । हालसम्म पनि माग बराबरको पूँजी नजुटेपछि कम्पनीले असोज २६ गतेसम्मका लागि समय थप गरेको हो ।शेयरधनीले आफ्नो हक बराबरको पूँजी कम्पनीको केन्द्रीय कार्यालय टेकु, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, हिमालयन बैंक र सानिमा बैंकको खातामा जम्मा गर्न आग्रह गरेका छन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पाँच अर्ब चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ। जसको तयारीमा सिटिजन लाइफ जुटेको छ। कम्पनीले हाल आह्वान गरिएको ५० प्रतिशत पूँजी थप पश्चात चुक्तापूँजी २ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले सर्वसाधारणका लागि यहि पूँजीका आधारमा ३० प्रतिशत आईपीओ निष्कासन गरे पश्चात पूँजी रू. ३ अर्ब ७५ करोड पुग्नेछ ।बाँकि अपुग रकम कम्पनील बोनस शेयर वापत संकन गर्ने योजना बनाएको छ। कम्पनीले १ अर्ब माथिको रकम यसरी पुराउने तयारीमा रहेको एक संचालकले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*