एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

४ आश्विन २०७९, मंगलवार १०:२९

काठमार्डौं । नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन गरेको हो। समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ४७१ रुपैयाँ ६२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।इन्स्योरेन्सले असोज १३ गते, बिहीबार, १४ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे शुरु हुनेछ। सभाको मिटिङ्ग आईडी तथा पासवर्ड इमेल मार्फत उपलब्ध गराइने इन्स्योरेन्सले बताएको छ।

सभाले गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको सञ्चित नाफाबाट इन्स्योरेन्सको चुक्ता पूँजीको १४.५० प्रतिशत बोनस शेयर, कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१ः४९ कायम गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*