बेलायती महारानी एलिजावेथको अन्त्येष्टि आज गरिने

३ आश्विन २०७९, सोमबार १५:५४

काठमाडौं । बेलायती महारानी एलिजावेथको अन्येष्टि आज हुने भएको छ । उनको दुई साताअघि स्कटल्याण्डको बाल्मोरल प्यालेसमा ९६ वर्षको उमेरमा निधन भएको थियो । करिब २ सातापछि उनको अन्त्येष्टि गरिन लागिएको हो ।

बेलायती महारानी एलिजावेथको एक घण्टा लामो राजकीय अन्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ । विश्व नेता, बेलायतको शाही परिवार, यसका राजनीतिक अभिजान वर्ग र सेवा, न्यायपालिका र परोपकारी संस्थाका सदस्यहरु उनको अन्त्येष्टिमा सहभागी हुनेछन् । नेपालको तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्का उपस्थित रहने छन् ।

बेलायती महारानी एलिजावेथको अन्येष्टिपश्चात् सात दशकको शासन समाप्त हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*