सानिमा लाइफ इन्स्योरेन्सको नयाँ शाखा सञ्चालनमा

३ आश्विन २०७९, सोमबार १२:४१

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले बीमितहरुलाई थप सुविधा दिने हेतुले थाहा नगरपालिका वडा नम्बर ४ मा दामन शाखा संचालनमा ल्याएको हो ।

इन्स्योरेन्सले थाहा नगरपालिकाको वडा न ४ थाना बजार प्रेटोल पम्प नजिकै एक समारोहका बिच दामन शाखाको रिवन काटी औपचारिक उद्घाटन गरेको हो ।


कम्पनीका चिफ म्यानेजर गणेश चौलागाईंको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, कम्पनिका रिजनल म्यानेजर नरेश थापा, प्याब्सन थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधान लगायत थाहा नगर भित्र रहेका बित्तिय संस्थाका प्रमुख हरु, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*