युवा अभियन्ता के.पी. खनाललाई जनसेवाश्री पदक

३ आश्विन २०७९, सोमबार ११:३१

काठमाडौं । सामाजिक तथा युवा अभियन्ता के.पी.खनाल जनसेवाश्रीबाट विभुषित हुने भएका छन् । सरकारले संविधान दिवसको अवसरमा युवा अभियन्ता खनाललाई जनसेवाश्रीबाट विभुषित गर्ने निर्णय गरेको हो ।

लम्की चुहा नगरपालिका–३ कैलालीका खनाल एक सामाजिक अभियन्ता हुन् । अछाममा जन्मिएका खनालले टेक्सास इन्टरनेशनल कलेजबाट मानविकी संकायमा स्नातक तह उत्तीर्ण गरेका छन् ।

कक्षा ७ पढ्दादेखि नै रेडियोमा बालपत्रकार भएर काम गर्दै सामाजिक क्षेत्रमा लागेका उनले काठमाडौं आएको एक महिनामै ‘क्लिन काष्ठमाण्डप’ नामको अभियान अन्तर्गत ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने भावसहित सफाई अभियानको सुरुवात गरेका थिए ।

खनाल र उनका केही साथीहरु मिलेर हालसम्म क्लिन काष्ठमाण्डप अभियान चलाएका छन् । कहिले उनीहरु सडकमा झाडु लगाउने र कहिले रातबिरात जथाभावि फोहोर फाल्नेलाई सम्झाउन र फोहोर फाल्ने ठाउँमा पुगरेर सचेत गराउने काम गर्दै आइरहेका छन् ।
उनले सन् २०१८ मा भारतमा नेशनल युथ आइकन अवार्ड र सन २०१९ मा नेशनल युथ लिड अवार्ड पाइसकेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*