संविधान दिवसमा राष्ट्रपतिद्वारा ६८१ जनाको कैद छुट, २१ जनाले पाए सजाय माफी

२ आश्विन २०७९, आईतवार १८:१५

काठमाडौं । सविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद छुट गरेकी छन् र २१ जनाले सजाय माफी पाएका छन् । राष्ट्रपतिको कार्यालयले आज एक विज्ञप्ति प्रकाशन गर्दै उक्त कुराको जानकारी दिएको हो ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका ६८१ को कैद कट्टा गरेकी हुन् ।

संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसरी सजाय माफी हुनेमा महेन्द्रप्रसाद कानुसमेतका २१ जना रहेका छन् ।

विज्ञप्तिः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*