नेपाल लाइफको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, उत्कृष्ट एजेन्सीलाई सम्मान (फोटो फिचर सहित)

२ आश्विन २०७९, आईतवार १४:५६

काठमाडौं । नेपाल लाइफको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम अनुपमा फुडल्याण्ड बत्तिसपुतली काठमाडौंमा हिजो सम्पन्न भएको हो । कम्पनीका सिनियर एजेन्सी म्यानेनजर विमल कुमार ढुंगानाको आयोजनामा २ सय जना एजेन्सी म्यानेनजर र अभिकर्ताहरुको उपस्थितीमा उत्प्ररेणा कार्यक्रम र सम्मान कार्यक्रम सहित सम्पन्न भएको हो ।

कार्यक्रममा आर्थिक बर्ष २०७८र७९ मा उत्कृष्ट कारोबार गर्ने २५ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित रहेका उत्कृष्ट एजेन्सी र अभिकर्ताहरुलाई कम्पनीका कम्पनी सचिव विनोद भुजेल, रिर्जनल म्यानेनजर प्रकाश धिताल र कम्पनीका तालिम केन्द्रका प्रमुख रोजेश खनालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमलाई समापन गर्दै कम्पनीका सिईओ प्रविण रमण पराजुलीले उत्कृष्ट एजेन्सी अभिकर्ताहरुलाई बधाई दिँदै आगामी दिनमा पनि यस्तै कार्य गर्दै जान प्रेरित गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*