कर्मचारी संचय कोषको रिक्त प्रशासक पदका लागि आवेदन खुल्ला

२ आश्विन २०७९, आईतवार १३:३८

काठमाडौं । कर्मचारी संचय कोषले रिक्त प्रशासक पदका लागि आवेदन खुलाएको छ । कोषले प्रशासकको छनोट तथा सिफारिस समितिको सूचना प्रकाशित गर्दै खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाएको हो ।

सो पदका लागि संचय कोषले अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धि मापदण्ड २०६३ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनुपर्ने जनाएको छ ।

इच्छुक ब्यक्तिले असोज १ गतेभित्र कार्यलय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा गोप्य आवेदन दिन सकिनेछ । इच्छुक ब्यक्तिले अर्थ मन्त्रालयको वेबसाइट मा प्रकाशित कर्मचारी संचय कोषको प्रशासकको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि बमोजिमको कागजात तथा विवरण र दफाअनुसारको स्वयं घोषणाको व्यवहोरा निवेदन स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*