एलआईसी नेपालका ४५० जना उत्कृष्ट एजेन्सीहरु काठमाडौंमा (फोटो फिचर सहित)

एमडिआरटी, सिओटी, टीओटी, सेञ्चुरी र करोडपति क्लबका एजेन्सीलाई भारतका प्रख्यात उत्प्रेरक गान्धीबाट तालिम
२ आश्विन २०७९, आईतवार १३:२५

काठमाडौं । एलआईसी नेपालको दुई बीमा दिने उत्प्रेरणामूलक कार्यक्रममा ४ सय ५० जना बढी एजेन्सी र अभिकर्ताहरुले भारतको सफल उत्प्ररेक प्रिया गान्धीबाट उत्प्ररेणा लिएका छन्। भारतको राष्ट्रपतिबाट सम्मानित भएका एवं सफल उ्रत्प्ररेक प्रिया गाण्डीले प्रशिक्षण गरेको कार्यक्रम उल्लासका साथ आज पनि हुँदैछ ।

हिजो शनिबार एमडिआरटी र सिओटीहरुको सहभागीतामा उत्प्रेरणा कार्यक्रम गरिएको थियो । आज भने सेञ्चुरी र करोडपति क्ल्बमा कारोबार गर्ने एजेन्सीहरुको सहभागीता रहेका छन् ।कार्यक्रममा चारजनाले दुई दिने कार्यक्रममा प्रशिक्षण दिएका थिए । दुई दिने कार्यक्रममा कम्पनीका सिईओ एलपी दास, डिसिईओ टुनटुन वर्णवाल, कम्पनीका प्रमुख बजार व्यवस्थापक प्रकाश भक्त उपाध्याय र भारतका सफल उत्प्ररेरक प्रिया गाण्डीले दुई दिने कार्यक्रममा उत्प्रेरणा दिएका थिए ।

दुई दिने कार्यक्रममा आफूहरुले धेरै कुराहरुको अनुभव र उत्प्ररेणा लिन पाएको एलआईसी नेपालको दुई दिन कार्यक्रममा सभागीहरुले बताएका थिए ।नेपालमा सबैभन्दा धेरै एमडिआरटीमा सहभागी हुने अभिकर्ताहरु एलआईसी नेपालमा छन् । कम्पनीले बार्षिक रुपमा विविध कार्यक्रममा साथ अभिकर्ताहरुलाई उत्प्ररेणा हुने हेतुले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेका छन् ।

बिहान ९ बजेदेखि सुरु भएको कार्यक्रम बेलुका ५ सम्म कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा उत्कृष्ट एजेन्सीहरुलाई सम्मान गरिएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*