मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ आर्शिवाद बचत खाता’, करोड सम्मको बीमा सुविधा

२ आश्विन २०७९, आईतवार १२:५२

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले आफ्ना निक्षेपकर्ताहरुको हितलाई मध्यनजर गर्दै ‘मुक्तिनाथ आर्शिवाद बचत खाता’ संचालनमा ल्याएको हो ।

उक्त बचत खातामा नेपालमै पहिलो पटक सर्वाधिक १ करोड १ लाख रुपैयाँ सम्मको बीमा सुविधा पाउन सकिनेछ । उक्त बचत खाता गोल्ड क्याटेगोरीमा न्यूनतम ५० हजार रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाले आफ्नो लागि २१ लाख र परिवारको लागि २ जना सदस्यहरुको लागि ३० लाख रुपैयाँ गरी कुल ५१ लाख रुपैयाँ सम्मको बीमा सुविधा पाउनेछन् साथै विभिन्न १५ वटा बैकिङ्ग सेवाहरुमा समेत खातावालाले छुट प्राप्त गर्नेछन् ।

साथै मुक्तिनाथ मुक्तिनाथ बचत खाता प्लाटिनम क्याटेगोरीमा मा न्यूनतम १ लाख रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि ८० लाख रुपैयाँ गरी कुल १ करोड १ लाख रुपैयाँ सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् । बीमा सुविधाअन्तर्गत आवधिकबीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुने बैंकले जनाएको छ ।

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*