लाभांश घोषणापछि नेपाल लाइफको सर्वाधिक २ करोड ३३ लाख रुपैयाँ माथिको कारोबार

२ आश्विन २०७९, आईतवार १२:३६

काठमाडौं । साताको पहिलो दिन शेयबजारमा नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

कम्पनीले शुक्रबार १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु सो कम्पनीको शेयर किन्न होम्मिएका हुन् । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २१२ कम्पनीमध्ये नेपाल लाइफको सर्वाधिक २ करोड ३३ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

हाल कम्पनीको शेयरमूल्य ६१० रुपैयाँ १० पैसा रहेको छ । कम्पनीले शुक्रबार १५.७८९५ प्रतिशतले हुन आउने रकम एक अर्ब २९ करोड ५९ लाख ९४ हजार रुपैयाँ बाँड्ने निर्णय गरेको छ । जसमा ०.७८९५ प्रतिशत कर प्रयोजनका लागि हुने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*