आइएमई लाइफको साधारणसभा असोज २६ गते, पुँजि वृद्धिको लागि शेयरधनीलाई पुनः शेयर थप्न लगाउने बिशेष प्रस्ताव

१ आश्विन २०७९, शनिबार १३:२६

काठमाडौं । आइएमई लाइफको पाँचौ बार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ । कम्पनीले असोज २६ गथते लैनचौर बैंङक्वेट्मा बिहान ११ बजे साधारणसभाका लागि बोलाएको हो ।कम्पनीले सभा मार्फत आर्थिक बर्ष २०७७र७८ को बार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव राख्ने भएको छ। त्यस्तै, एनइफआरएस प्रणी लागु गरि तयार गरिएको वित्तिय विवरणमाथि छलफल गरि पारित गर्ने एजेण्डा समेत रहेको छ ।

कम्पनीले बिशेष प्रस्ताव मार्फत सभामा बीमा समितिले निर्देशन दिए बमोजिम संस्थापक शेयरभनीबाट हाल कायम रहेको चुक्ता पुँजिको शत प्रतिशत बराबरको शेयर पुँजि पुनःथप गर्ने र कम्पनीको प्रबन्धक तथा नियामवालीमा संसोधन गर्ने बिषय उपर छलफल गर्नेछ ।

सभा मार्फत सर्वसाधारणलाई छुट्याईएको शेयर जारी गर्ने बिषय र नियामक निकायबाट कुनै निर्देशन भएमा फेरबदल गर्ने अख्तियारी संचालकलाई दिएको छ।साथै कम्पनीले बीमा एने अन्तर्गत लेखापरिक्षण कार्यको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा हाल कायम रहेकोलाई दुई बर्ष कार्यकाल भएको हुुँद नियुक्त गर्ने प्रस्ताव लगिने भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*