१५ प्रतिशत लाभांश घोषणा गरेको नेपाल लाइफको यस्तो छ लाभांश इतिहास, कुन वर्षमा कति बाँड्यो ?

१ आश्विन २०७९, शनिबार ११:००

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा पुरानो र अब्बल मानिने नेपाल लाइफ इन्स्योरेन्सले विगतका वर्षहरुमा आफ्ना शेयरधनीहरुलाई राम्रो प्रतिफल वितरण गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०६८।७९ मा आफ्ना शेयरधनीहरुलाई ५६.३१ प्रतिशत बोनस शेयर र ७० प्रतिशत नगद लाभांश गरी कुल १२६ प्रतिशत लाभांश बाँडेको थियो ।

१० वर्षे लाभांश इतिहासमा कम्पनीले आव २०७५।७६ सम्म शेयरधनीहरुलाई २५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दै आइरहेको छ । जीवन बीमा ब्यवसायमा उल्लेख्य विस्तारसँगै मुनाफा र जीवन बीमा कोषको आकार बढाउँदै कम्पनीले शेयरधनीहरुलाई खुशि बनाउने खालको लाभांश बाँड्दै आइरहेको छ ।

तर कोरोना महामारीको चपेटामा बीमा ब्यवसाय धरापमा परेसँगै कम्पनीले आर्थिक वर्ष २०७६।७७ मा १५ प्रतिशत मात्रै लाभांश बाडेको थियो । तर पनि तुलनात्मक रुपमा हेर्दा अन्य बीमा कम्पनीको भन्दा सो वर्ष पनि कम्पनीले राम्रै लाभांश वितरण गरेको देखिएको छ ।

एक खर्ब ३६ अर्बमाथि जीवन बीमा कोष खडा गरेको नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७७।७८ मा भने नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले शुक्रबारमात्रै उक्त आर्थिक वर्षको लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले १५.७८९५ प्रतिशतले हुन आउने रकम एक अर्ब २९ करोड ५९ लाख ९४ हजार रुपैयाँ बाँड्ने निर्णय गरेको हो । जसमा ०.७८९५ प्रतिशत कर प्रयोजनका लागि हुने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ र हालको शेयरमूल्य ६३४ रुपैयाँ रहेको छ ।

                                                                                                                  नेपाल लाइफ इन्स्योरेन्सको १० वर्षे लाभांश इतिहास : 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*