भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

३१ भाद्र २०७९, शुक्रबार १७:०३

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारत आयल कर्पोरेशन (आइओसी)ले नयाँ मूल्यसूची पठाएकोमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो ।

आइओसीले १५।१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । भारतबाट मूल्य घटेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले निर्धारण गर्ने गर्दछ ।

निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा घटेर आएको छ । प्रायजसो भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ बढ्ने गर्दछ ।

अहिले घटेर आएपछि नेपालमा पनि घटाउनु पर्ने माग छ । तर यसभन्दा अघिको मूल्यसूचीमा पनि भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि आयल निगमले भने पेट्रोल, डिजेलको मूल्य यथावत् राखेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*