बीमा विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

३१ भाद्र २०७९, शुक्रबार १६:४६

काठमाडौं । राष्ट्रिय सभाले स्वीकृत गरेको बीमा विधेयक, २०७५ प्रतिनिधि सभाको बैठकले पारित गरेको छ ।आज बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्रीको कार्यभार सम्हालेकी उर्जामन्त्री पम्फा भुसालले पेश गरेको बीमा विधेयक २०७५ पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभाबाट विधेयक पारित भएसँगै अब लालमोहरका लागि राष्ट्रपतिकोमा पुग्ने छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि विधेयक कानूनको रुपमा कार्यान्यनमा आउनेछ। बीमा विधेयक कार्यान्वयनमा आएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने व्यवस्था छ।

समितिले बीमा विधेयक चाँडै कार्यान्वयनमा ल्याउने जानकारी दिएको छ । विधेयक कार्यान्वयनमा आएपछि बीमा समिति प्राधिकरण बन्ने छ । बीमा बिधेयक गत साउन २९ गते प्रतिनिधिसभाबाट स्वीकृत भएर भदौ २१ गते राष्ट्रियसभामा पेश भएर सर्वसम्मतले स्वीकृत भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*