वीस्टा ग्लोबल इनोभेसन् एण्ड टिच एक्सलेन्स अवार्ड २०२२ द्धारा ‘खल्ती’ सम्मानित

३१ भाद्र २०७९, शुक्रबार १६:२७

काठमाडौं । वीस्टा ग्लोबल इनोभेसन् एण्ड टिच एक्सलेन्स अवार्ड २०२२ द्धारा ‘खल्ती’ सम्मानित भएको छ । सेप्टेम्बर १४ मा पेनाङ, मलेसियामा आयोजित वीस्टा ग्लोबल इनोभेसन् एण्ड टिच एक्सलेन्स अवार्ड २०२२ मा रहेको थुप्रै क्याटागोरी मध्ये खल्ती ले ‘डिजिटल अपर्चुनिटी, इन्क्लुजन क्याटागोरीको अवार्डद्वारा सम्मानित भएको छ उक्त अवार्ड वीस्टाले प्रदान गरेको थियो ।

यस अवार्ड कार्यक्रममाविश्वभरका ८० भन्दा बढी देशहरू सहभागीता थियो। बहु प्रतिष्ठित अन्तराष्ट्रिय वीस्टा अवार्ड बाट खल्ती सम्मानित हुदा यसले नेपाललाई पनि अन्तराष्ट्रिय स्थरमा चिनाएको छ । उक्त अवार्डमा उपस्थित खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का ले खल्तिलाई आजको दिन यो स्थान सम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण खल्ती प्रयोगकर्ता, साझेदार, व्यापारी,एजेन्ट, नियामक, खल्ती र अन्य सरोकारवालाहरू प्रति धन्यवाद टक्र्याउनु भयो। साथै आउँदा दिनहरूमा अन्तराष्ट्रिय बजार वित्तीय सेवाको प्रविधि बुझ्दै आफ्नो सेवालाई अन्तराष्ट्रिय बजारमा पनि विस्तार गर्ने उदेश्य रहेको जानकारी गराए ।

यस अवार्डका बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का पुनः भन्नुहुन्छ “ खल्ती ध्क्ष्त्क्ब् को अवार्ड द्वारा सम्मानित हुनु हाम्रो र हाम्रो देश नेपालको लागि निकै गौरभको कुरा हो। यस अवार्डले हामीलाई लक्ष्यप्रति थप गम्भीर हुन प्रोत्साहन दिंदै थप चुनौती थपिदिएको छ।” खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको छ। करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ६० हजार प्लस एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू छन्।

यस मार्फत् प्रयोगकर्ताले बिलहरू भुक्तानी, मोबाइल र टिभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइटहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य धेरै सेवाहरूको डिजिटल भुक्तानी गर्न सक्नेछन्। साथै, खल्तीले प्रदान गर्ने भुक्तानी सेवाहरूले पनि धेरै साना तथा ठूला व्यवसायहरूलाई आफ्नो बिक्री अनलाइन स्थानान्तरण गर्न प्रोत्साहित गरेको छ ।

 

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*