जन्मदिनको अवसरमा सिटिजन लाइफको २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

३१ भाद्र २०७९, शुक्रबार १२:१९

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड चलेको छ । जन्मदिन, विवाह, पास्नी, विवाह उत्सव जस्ता अवसरहरुमा अन्य भौतिक वस्तु भन्दा जीवन बीमा पोलिसी खरिद गरी उपहार दिने प्रचलन बढीरहेको छ ।

यसैबीच तिलोत्तमा नगरपालिका वडा नं. ०४ रुपन्देही बस्ने देउराली मेडीसेल्स कम्पनी प्रा.लि. का संचालक शेषनारायण बस्याल र उनकी धर्मपत्नी मनादेवी बस्यालले आफ्नो छोरी सबिना बस्याललाई बीमा पोलिसी उपहार दिएका छन् । सविनाको जन्मदिनको अवसरमा शेषनारायण र मनादेवी बस्यालले छोरीलाई उपहार स्वरुप जीवन बीमा उपहार दिएका हुन् ।

अन्य तडकभडक गरी जन्मदिन मनाउनुभन्दा भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएकोले उनीहरुले आफ्नो छोरीलाई सिटिजन लाइफ इन्स्योरेन्सको २० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरी उपहार दिएका हुन् ।

जन्मदिनको कार्यक्रममा भैरहवा एरिया प्रमुख नरेश सिग्देलले बीमाको महत्व र आवश्यकताको जानकारी गराउदै सिटिजन लाईफ इन्स्योरेन्स क.लि.को बारेमा छर्लङ्ग गराउदै आफ्नो छोरीको जन्मदिनमा छोरीलाई उपहार स्वरुप बीमा पोलिसी उपहार स्वरुप दिएकोमा बस्याल परिवारलाई बधाई सँगसँगै धन्यवाद दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*