१५ प्रतिशत लाभांश दिने नेपाल लाइफको घोषणा, शेयरधनीलाई नगद मात्रै

३१ भाद्र २०७९, शुक्रबार ११:२०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँबाट १५ १५.७८९५ प्रतिशत दरले हुन आउने १ अर्ब २९ करोड ५९ लाख ९४ हजार ७१९ रुपैयाँ बराबरको नगद लाभांश वितरण निर्णय गरेको हो । साथै कम्पनीका अनुसार नगद लाभांशमा ०.७८९५ प्रतिशत बराबरको रकम कर प्रयोजनका लागि हुनेछ ।

उक्त लाभांश नियमक निकाय बीमा समितिबाट स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*