बैंक, वित्त र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६६ प्रतिशत

३० भाद्र २०७९, बिहीबार १७:५५

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनासम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको संख्या २३५ पुगेको छ । जसमा १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु रहेका छन् ।

सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६६.८ प्रतिशत रहेको छ । सो अवधिसम्म बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको संख्या थपिएसँगै धितोपत्र बजार पुँजीकरणको हिस्सा ६६ प्रतिशत माथि रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*