साउन महिनामा मूल्यबृद्धि ८.२६ प्रतिशत बढ्यो, गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि सर्वाधिक

३० भाद्र २०७९, बिहीबार १७:००

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मूल्यबृद्धि ८.२६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको विवरणअनुसार उपभोक्त मुद्रास्फिती ८.२६ प्रतिशत रहेको हो ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यबृद्धि ४.३५ प्रतिशत रहेको थियो । एक वर्षको अन्तरालमा मूल्यबृद्धि दोब्बर बढेको हो । जसमा सबैभन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्यबृद्धि ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ९.१८ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको यसै अवधिसम्मको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यु तथा तेल, फलफुल, रेष्टुरेन्ट तथा होटल, मदिराजन्य पेश पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ ।

साथै गैर खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फिती क्रमशः २३.८८ प्रतिशत, १०.५४ प्रतिशत, ९.०४ प्रतिशत, ८.११ प्रतिशत र ७.८६ प्रतिशत रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*