आजबाट एमडीएमएस प्रणाली लागु, दर्ता नभएका अबैध मोवाइल नचल्ने

३० भाद्र २०७९, बिहीबार १२:३६

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गरेको छ ।   अब दर्ता नभएका अबैध तथा चोरीका मोबाइलहरु चल्ने छैनन् ।

एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपाल गर्न नदिने उच्च प्रविधि हो । यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ र दर्ता नभएका मोवाइल सञ्चालन हुने छैनन् ।

यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङ–ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने ब्यवस्था गर्न सकिने प्राधिकरणले जनाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*