हिमालको रक्षा भएमात्र डेढ अर्ब मानिसको लागि पानीको सुरक्षा हुन्छः अर्थमन्त्री शर्मा

३० भाद्र २०७९, बिहीबार १०:५८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा रहेका हिमालको रक्षा भएमा मात्रै बिश्वका डेढ अरब मानिसको लागि आवश्यक पर्ने पानीको सुरक्षा हुने बताएका छन् । दक्षिण कोरियामा आयोजित एशिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको बैठकमा नेपालको तर्फबाट आफ्ना धारणा राख्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलन अन्तर्गत बुधबार एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको बिशेष बैठक भएको थियो । उक्त बैठकमा बोल्दै अर्थमन्त्री शर्माले “अत्यावश्यकतालाई ध्यानमा राख्दै नेपाल सरकारले चालु आर्थिक वर्षमा हरित ऊर्जाका लागि १०० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

निजी क्षेत्रका लगानीकर्ताले पनि यो प्रवृत्तिलाई पछ्याइरहेका छन् ।“ उनले भने, ‘जलवायु परिवर्तनको प्रभावकारी न्यूनीकरण र निजी क्षेत्रको लगानी परिचालन गर्न अन्तर्राष्ट्रिय सहयोग पनि आवश्यक पर्ने कुरामा म जोड दिन चाहन्छु । नेपाली निजी बैंकहरूले पनि साझेदारीका लागि जीसीएफलाई सम्पर्क गरिरहेका छन् । म आशा गर्छु कि ती चाँडै मान्यता प्राप्त हुनेछन् ताकि निजी क्षेत्रहरूले बैंक योग्य हरित परियोजनाहरू पहिचान गरी लगानी गर्न सकून ।’

साथै उक्त कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘हामीले सन् २०३० सम्ममा जलवायु क्षेत्रमा ४५ अर्ब अमेरिकी डलरको सार्वजनिक–निजी लगानीको योजना बनाएका छौं, जसका लागि अन्तर्राष्ट्रिय सहयोगको पनि आवश्यकता छ । उद्योग क्षेत्रले ऊर्जाको स्रोतको रूपमा जीवाश्म इन्धनको प्रयोगलाई उल्लेखनीय रूपमा घटाएको छ । विकसित अर्थतन्त्रहरूले वातावरण संरक्षणका लागि अहिले जीवाश्म इन्धनमा उल्लेखनीय कमी ल्याउनु आवश्यक छ ।

ठुला अर्थतन्त्रहरुले बिश्वतापमान बृद्धिका लागि गरेका गतिविधिको कारणले उत्पन्न समस्याबाट बिश्वोतापमान वृद्धिमा कुनै योगदान नगर्ने देशहरु पिडित हुनु न्यायोचित नभएको भन्दै अर्थमन्त्री शर्माले “जलवायु संरक्षणमा सहयोग ऋणको रूपमा होइन अनुदानमा हुनुपर्दछ । ग्लोबल वार्मिंगमा योगदान नगर्नेहरूलाई सजाय दिइनु अनुचित हो । यसका लागि योगदानकर्ताहरूबाट हरित ऊर्जा उत्पादनमा आर्थिक सहयोग मार्फत क्षतिपूर्ति गर्नआवश्यक देखिन्छ जसले गर्दा महत्वाकांक्षी जलवायु लक्ष्यहरू प्राप्त गर्न मद्धत मिल्नेछ ।’

मन्त्री शर्माले एक पछिल्लो अध्ययन अनुशार नेपालमा प्रतिश्पर्दी रुपमा ग्रीन अमोनिया तथा हाइड्रोजन उत्पादन गर्न सकिने र जसले बिकसित रास्ट्रलाइ समेत उपलब्ध गराएर कार्बन उत्पादन न्युन गर्न सकिने भएकाले बिकसित रास्ट्र हरुले यस्ता परियोजनामा लगानी गर्दा नेपाल जस्ता देशलाई महत्वोपूर्ण सहयोग हुने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*