जीवन बीमालेख सम्बन्धी विवरण नपठाएका कम्पनीहरुलाई विवरण पेश गर्न बीमा समितिको निर्देशन

२९ भाद्र २०७९, बुधबार १७:२०

काठमाडौं। बीमा समितिले हालसम्ममा पनि तोकिए बमोजिमको बीमालेखको विवरण नपठाएका जीवन बीमा कम्पनीहरुलाई विवरण पेश गर्न निर्देशन दिएको छ।समितिले ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८’ मा भएको व्यवस्था बमोजिम स्वीकृत बीमालेखको वार्षिक विवरण हालसम्म नआएका बीमा कम्पनीहरुलाई उक्त निर्देशन दिएको जनाएको छ।

समितिले हालसम्ममा पनि तोकिए बमोजिमको विवरण नपठाएकाले समितिले ७ दिनभित्रमा सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको जनाएको छ ।समितिद्वारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ को दफा १६ मा बीमा कम्पनीले स्वीकृत बीमालेख सम्बन्धी वार्षिक विवरण आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र समितिमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

उक्त निर्देशन परिपालना गर्न बीमा समितिले हालसम्म पनि वित्तिय विवरण नपठाएका बीमा कम्पनीहरुलाई उक्त निर्देशन पठाएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*