नेशनल लाइफद्धारा बीमा दाबी भुक्तानी
२९ भाद्र २०७९, बुधबार १६:५४
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगञ्ज शाखामा बिरेन्द्रनगर न पा ०९ निबासी पुर्ण बहादुर थापाले १ लाखको बाल बच्चाको शिक्षा र बिवाह सावधिक बीमा गरेको थियो ।अभिभावको रक्षावरण समेत गर्ने बीमा योजना भएको कारण यस बीमा योजनालाई मृतकलाई दाबी भुक्तानी गरेको हो ।
उपचारको क्रममा निधन भएका थापाको छोरी निमा थापालाई १ लाख १६ हजार ८ सय रुपैयाको चेक प्रदान गरिएको जनाएको छ।