चार प्रस्ताव लिएर जीवन बीमक संघ पुग्यो राष्ट्र बैंक, ब्याजदरमा विभेद, बैंकास्योरेन्स र बीमा वण्डबारे छलफल

२९ भाद्र २०७९, बुधबार १५:०८

काठमाडौं । चार प्रस्ताव लिएर जीवन बीमक संघ राष्ट्र बैंकमा पुगेको छ । जीवन बीमक संघका प्रतिनिधिहरुले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र डेपुटी गर्भनर बम बहादुर मिश्रसँग भेट्दै जीवन बीमक संघले चार प्रस्ताव राखेको हो।  जीवन बीमक संघले राष्ट्र बैंकलाई मुख्यत :ब्याजदरको बिषयमा प्रस्ताव राखेको थियो । जीवन बीमक संघले साना साना रकम जम्मा गरेर नेपाल सरकारलाई योग्दान पुराउने बीमा कम्पनीहरुमा राष्ट्र बैैंकको लगाम लागेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने प्रस्ताव राष्ट्र बैंक सम्क्ष राखेको छ ।

संघले राष्ट्र बैंकलाई हाल बैंकहरुले संस्थापक मुद्दती निक्षेपमा २ प्रतिशत कम व्याजदर लिँदै आएकोमा असन्तुष्ट जनाउँदै यसलाई परिमार्जन गराउनमा माग गरेका छन् । बीमा कम्पनीलाई मुद्दती निक्षेपको व्याजदरमा संस्थापक रुपमा नहेरी व्यक्तिगत रुपमा हेरेर व्याजदर लागू गर्नुपर्ने संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले बताए ।

दोस्रोमा बैंकास्योरेन्सको बिषयमा बीमक संघले प्रस्ताव राखेको छ । अन्तराष्ट्रिय स्तरमा बैंकास्योरेन्स भईरह्दा यसले बीमा क्षेत्रमा सकारात्मक भूमिका खोल्ने भन्दै यसतर्फ राष्ट्र बैंकको ध्यान जानुपर्ने बताएका छन् । त्यस्तै, कम्पनीले वण्डको प्रस्ताव र बीमा सुविधा दिँदै आएको बैंकहरुले अनिवार्य रुपमा बीमा कम्पनीको नाम खुलाउने प्रस्ताव जीवन बीमक संघले जनाएको छ।

संघका पदाधिकारीहरुले बीमा कम्पनीको निक्षेपमा २ प्रतिशतको अन्तर कायम गर्दा बीमितलाई मर्का परेको भन्दै यस विषयमा पुनर्बिचार गर्न अनुरोध गरेका छन् । संघले बीमा कम्पनीहरुले लगानी गर्ने मुद्दती निक्षेपको रकम कम्पनीको निजी स्रोत नभइ यो सर्वसाधारण बीमितहरु सँग संकलन गरिएको बचत भएको हुँदा यसलाई संस्थागत निक्षेपको रुपमा हेरेर विभेद गर्न नहुने तर्क गरेका थिए ।

बीमा कम्पनीहरुले बीमितहरुसँग थौरै थोरै रकममा गरेर बीमा शुल्क मार्फत संकलन गरेको रकमलाई नै बैंकमा लगानी गर्ने हुँदा यसलाई राष्ट्र बैंकले सकारात्मक रुपमा हेनुपर्ने भन्दै माग राखेको जीवन बीमक संघका अध्यक्ष श्रेष्ठले जनाएको छ । संघले नेपाल राष्ट्र बैंक समक्ष बैंकास्योरेन्सलाई निरन्तरता दिन अनुरोध गरेका छन् । विश्वमै बैंकास्योरेन्सको राम्रो अभ्यास भइरहेकाले नेपालमा पनि यसलाई निरन्तरता दिनुपर्ने माग राखेका छन् ।

छलफल कार्यक्रममा जीवन बीमक संघका पदाधिकारीहरु अध्यक्ष निर्मल काजी श्रेष्ठ, उपाध्यक्ष पोषक राज पौडेल, महासचिव राजकुमार अर्याल र कोषाध्यक्ष प्रविण रमण पराजुलीले राष्ट्र बैंक समक्ष चार प्रस्ताव राखेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*