राष्ट्रपतिद्धारा पाँच विधेयक प्रमाणीकरण, कुन कुन प्रमाणीकरण भए ?

२८ भाद्र २०७९, मंगलवार १७:५२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले पाँच विधेयक प्रमाणीकरण गरेको जानकारी दिएको छ।

राष्ट्रपति भण्डारीले आज तथ्यांकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्।

राष्टपतिले नागरिता विधेयक प्रमाणिकरण भने गरेकि छैनन ।

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*