ज्योति लाइफ इन्स्योरेन्सद्वारा जीवन वीमा मुत्यु दाबी रकम

२८ भाद्र २०७९, मंगलवार १५:४६

काठमाडौं । माछापुच्छे् गाँउपालिका वडा नं ६ फेदी निवासी स्वः विनोद नेपालीको परिवारलाई जीबन मा मुत्यु दाबी रकम हस्तान्न्रण गरिएको छ। नेपालीले कम्पनी सँग ५ लाख को ज्योती सुनौलो भविष्य वाल जीवन वीमा अन्तरगत आफु संरक्षक रहने गरी छोरी अरूणा नेपालीको वीमा गराएका थिय । उनले २०७७ साल माघ २९गते कम्पनी सग वीमा गराएका थिय । वीमा गराएको १ वर्षमा नै नेपालीको जन्डीसका कारण मृत्यु भएको हो ।

कार्यक्रममा ज्योति लाइफ इन्सोरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख रामजी बराल द्धारा स्वः नेपालीकी श्रीमती कुमारी नेपालीलाई जीवन वीमा मुत्यु दावी रकम ५ लाख र छोरी अरूणा नेपालीको पढाई खर्च वीमाङ्को १ प्रतिशतले ५ महिनाको २५ हजार रूपैया गरी ५ लाख २५ हजारको चेक हस्तान्तरण गर्नुभयो । सोही अबसरमा प्रमुख बरालले १७ वर्ष सम्म छोरीको पठन पाठनको लागि वीमाङ्को १ प्रतिशतले मासीक ५ हजार र वीमा अवधी समाप्ती पश्चात वीमाङ्घ रकम र बोनस उपलब्ध गराइने बताए ।

कार्यक्रममा शाखा प्रमुख घनश्याम अधिकारी, सिनिएर एजेन्सी म्यानेजर शंकरराज पौडेल, परशुराम अधिकारी, भगवती पौडेल,विन्दु भण्डारी, सुनिता भण्डारी , अभिकर्ताहरू ,स्थानीय वासीहरूको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*