नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

२८ भाद्र २०७९, मंगलवार ११:०८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजी ४ अर्ब ३ करोड ५१ लाख रुपैयाँको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश नियमक निकाय बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ६४ करोड ४ लाख रुपैयाँ पुग्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*