सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण

२८ भाद्र २०७९, मंगलवार १०:२६

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत गरी २०७८ असार मसान्तसम्म जारी भएको बीमालेखहरुमा नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

सार्वजनिक बोनसदर अनुसार सूर्या लाइफ इन्स्योरेन्सले बीमितहरुलाई प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले विभिन्न बीमालेखको आधारमा फरक–फरक बोनसदर निर्धारण गरेको छ ।

सावधिक जीवन बीमालेख
सूर्या लाइफ इन्स्योरेन्सले सावधिक जीवन बीमाअन्तर्गत न्यूनतम ४० रुपैइाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस निर्धारण गरेको छ । जसमा ९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्षसमम्का लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५४ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका लागि ६० रुपैयाँ र ३० भन्दा माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

सावधिक तथा आजीवन बीमालेख
कम्पनीले यस बीमालेखअन्तर्गत बीमितहरुलाई न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस दिने भएको छ । जसमा ९ वर्ष अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४६ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५६ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका लागि ६० रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर प्रदान गर्ने भएको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
सूर्या लाइफले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखअन्तर्गत बीमितहरुलाई प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा १० देखि १४ वर्षका लागि र १५ देखि १९ वर्षका लागि ४२ रुपैयाका दरले र २० देखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिका लागि ६० रुपैयाँ बोनसदर प्रदान गर्ने भएको छ ।

चौरासी पुजा अग्रिम नियमित भुक्तानी
यस बीमा पोलिसी अन्तर्गत सूर्या लाइफ इन्स्योरेन्सले १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

चौरासी पुजा अग्रिम एकल भुक्तानी
कम्पनीले यस बीमालेखअन्तर्गत न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोसदर निर्धारण गरेको छ । कम्नपीले यस बीमालेखअन्तर्गत बीमितहरुलाई १० देखि १४ वर्ष अवधिका लागि ७५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ८० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ८५ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिका लागि ९० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*