ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट’ मोबाइल एप बन्द

२७ भाद्र २०७९, सोमबार १७:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्स ‘ग्लोबल स्मार्ट’ बन्द गरेको छ । बैंकले यहि भदौ २० गतेदेखि मोबाइल बैकिङ्ग एप सेवा बन्द गरेको हो । मोबाइल एपले एकाएक काम गर्न छोडेपछि कैयौं प्रयोगकर्ताहरु बैंकको शाखा कार्यालयमा पुगेर सोधखोज गरिरहेका छन् ।

ग्लोबल स्मार्ट एप बन्द गरी बैंकले नयाँ ‘ग्लोबल स्मार्ट प्लस’ नयाँ प्रतिस्थापन गरेको छ । सर्वसाधारणले पर्याप्त सूचना नपाएकोले बैंकमा पुग्ने गरेका छन् । बैंकले भने नयाँ ग्लोबल स्मार्ट प्लस एप सञ्चालनमा आइसकेकोले पुरानो हटाइएको उत्तर दिने गरेका छन् ।

बैंकका अनुसार बैंकका खातावालाहरुले अब पुरानो मोबाइल बैकिङ्ग एप ‘ग्लोबल स्माट’ हटाएर बैकले सञ्चालनमा ल्याएको ‘ग्लोबल स्मार्ट प्लस’ डाउन लोड गरी नयाँ रजिष्ट्रेशन पश्चात कारोबार गर्न सक्नेछन् । बैंकले पुरानो एप्स नचल्ने भएकोले नयाँ एप्स डाउनलोड गरेर सेवा लिन आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*