नेपालले मित्रराष्ट्र पाकिस्तानलाई २ करोड रुपैयाँको राहत सामाग्री दिने, (विज्ञप्ति सहित)

२७ भाद्र २०७९, सोमबार १७:२३

काठमाडौं । नेपालले बाढीको चपेटामा परेको पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिने भएको छ।

गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरीय निर्णयबाट पाकिस्तानलाई राहत सामग्री दिन लागेको जानकारी दिएको छ।

पाकिस्तानमा बाढीका कारण गत जुनयता झन्डै एक हजार मानिसको मृत्यु भएको छ। यसपालिको मनसुनमा पाकिस्तानभरि बाढीले विध्वंश मच्चाएको छ। सिन्ध, बलुचस्तान, खैबर पख्तुनख्वाहमा सबैभन्दा धेरै असर परेको छ।

प्रधानमन्त्री सहबाज सरिफले प्रभावितको राहत, उद्धार र पुनर्स्थापनाका लागि ३८ अर्ब पाकिस्तानी रुपैयाँको बजेट छुट्याएको घोषणा गरेका छन्।

बाढी प्रभावितलाई सहयोग गर्न प्रधानमन्त्री सरिफले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*