१७ दिनसम्म लघुबीमाको लाईसेन्स माग्न कोही आएनन्, बीमा समितिमा परेन आवेदन

२७ भाद्र २०७९, सोमबार १७:०९

काठमाडौं । बीमा समितिले न्यून आय भएका लक्षित वर्गलाई टार्गेट बनाएको लघुबीमाको लाईसेन्सको लागि १७ दिनसम्म पनि आवेदन परेको छैन ।बीमा समितिले ३५ दिने सूचना जारी गर्दै लघुबीमाका लागि आवेदन दिन आग्रह गरेपनि हालसम्म कुनै कम्पनीले आवेदन नदिएको बीमा समितिले जनाएको छ।

१८ दिन बाँकि रहेको कारण आवेदन आउने समय बाँकि रहेको कारण हालसम्म कसैले आवेदन नदिएको बीमा समितिले जनाएका छ । भदौ १० गते लघुबीमा कम्पनीको लाइसेन्सका लागि समितिले आवेदन खुला गरेको थियो । ३५ दिने सूचना जारी भएको १७ दिनसम्म पनि कुनै कम्पनीले आवेदन नदिएको बीमा समितिले जनाएको छ ।

समितिले लघुबीमा ७ वटा कम्पनीलाई लघुबीमा व्यवसाय गर्नको लागि बाटो खुला गरेको छ । जसको न्यूनतम चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ ।लघुबीमा स्थापना तथा दर्ता सम्बन्धी निर्देशिका अनुसार प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न पाउने छैनन् ।तर, जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले र्जीवन लघुबीमा र निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबीमा कम्पनीले खोल्न पाउने समितिको भनाई छ ।

सरकारले चालु आर्थिक वषको बजेट मार्फत बीमाको विकास तथा विस्तार गर्नको लागि लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार बीमा समितिले लाइसेन्सको प्रकृयालाई अघि बढाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*