एशियन लाइफ इन्स्योरेन्सद्वारा १५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

२७ भाद्र २०७९, सोमबार १६:१०

काठमाडौं । एसियन लाईफ इन्स्योरेन्स क।लि बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ । बुढीगंगा – ०४, मोरंग बस्ने श्रीमती सुशिला कुमारी खवासको श्रीमान एबम यस कम्पनीका बिमित शंकर चौधरी खवासको कोभिड(१९ को कारण उपचारको क्रममा मृत्यु भएकोले निजकी श्रीमती सुशिला कुमारी खवासलाई कार्यालयमा एक कार्यक्रम आयोजना गरि पन्ध्र लाख पन्चानब्बे हजार दुई सय चालिस रुपैयाँको चेक बिराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीद्वारा हस्तान्तरण गरेको हो ।

मृतकको २ वर्ष अगाडी साबधिक जिबन बीमा योजनामा १५००००० र( पन्ध्र लाख० को बिमा ,बार्षिक रु १०६२६८ र  जम्मा गर्ने गरि २ किस्ता कुल रु २१२५३६ र( यस कम्पनीमा जम्मा गरेको थियो । साथै उक्त कार्यक्रममा शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले बीमामाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानब जिबन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भबिस्य निश्चित गर्नको लागि बीमा अतिनै आवश्यक रहेको र भबिस्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण उपस्थितहरुलाई बीमा गर्नुपर्ने धारणा ब्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*