अर्थमन्त्री जनार्दन शर्मा दक्षिण कोरिया भ्रमणमा

२७ भाद्र २०७९, सोमबार ११:५२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा भ्रमणका लागि दक्षिण कोरिया पुगेका छन् । उनी मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र वैदेशिक आर्थिक समन्वय र सहकार्य शाखाका सहसचिव ईश्वरी प्रसाद अर्यालको साथमा शर्मा कोरिया पुगेका हुन् ।

अर्थमन्त्री दक्षिण कोरियाको ४ दिने भ्रमण पश्चात १६ सेप्टेम्बरमा नेपाल फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।कोरियामा रहँदा शर्माले नेपाल जनप्रगतिशील मन्च दक्षिण कोरियाले आयोजना गर्ने ‘आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रवासी नेपालीको भूमिका’ कार्यक्रममा सहभागी हुने भएका छन् ।

त्यसका साथै अन्य भेटघाट पनि रहेको उनको सचिवालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*