सिनियर एजेन्सी म्यानेजर शिवहरि खड्काको निधन शंकास्पद

२७ भाद्र २०७९, सोमबार ११:२३

काठमाडौं । एलआईसी नेपालमा स्थापनाकालदेखि नै सक्रिय सिनियर एजेन्सी म्यानेजर शिवहरि खड्काको निधन शंकास्पद देखिएको भन्दै छानविन गर्न माग गरिएको छ । उनका केही सहकर्मीहरुले यस्तो धारणा राखेका छन् ।

केही दिन पहिले आफ्नै निवासमा शंकास्पद अवस्थामा भेटिएका उनको अस्पताल पुर्याउन नपाई निधन भएको थियो । मृतक खड्काको नाक लगायतका शरीरका अंगहरुमा चोट देखिएको जनाइएको छ । पोष्टमार्टम रिपोर्ट प्राप्त भएपछि थप छानविनका विषयमा अघि बढ्ने प्रहरीले तयारी गरेको बुझिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*