नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये अधिकांशले चुक्ता पुँजि बढाउन कसरत गनुपर्ने, अन्य वित्तिय सूचक कस्तो?

२६ भाद्र २०७९, आईतवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से सूचीकृत जीवन बीमा कम्पनीहरुबीच तुलनात्मक अध्ययन गर्दा नेपाल लाइफको मुनाफामा ह्रास आएपनि अन्य वित्तिय सूचक भने मजबुत बन्दै गएको देखिन्छ ।

नेप्से सूचीकृत हाल ११ कम्पनीहरुमध्ये नेपाल लाइफको अग्रता नै कायम रहेको छ । फुयुचर प्रोभिजनको कारण नेपाल लाइफको खुद मुनाफा घटेको छ भने अन्य सूचकमा नेपाल लाइफ नै अगाडि रहेको कम्पनीहरुले प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ । अन्य वित्तिय सूचकमा भने नेपाल लाइफ नै अगाडि रहेको छ।

सूचीकृत कम्पनीहरुबीच तुलनात्मक अध्ययन गर्दा नेपाल लाइफ बाहेक अन्य कम्पनीहरुले चुक्ता पुँजि वृद्धि गर्न कसरत गनुपर्ने देखिन्छ ।

चुक्ता पुँजिको आधारमा

चुक्ता पूँजी सबै भन्दा धेरै रहेको नेपाल लाइफ जीवन बीमा क्षेत्रमा क्रियाशिल र शेयर बजारमा सूचीकृत मध्ये बलियो कम्पनी हो । कम्पनीले असार मसान्तसम्ममा ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्योहोर्नु परेको छ ।चुक्ता पूँजी सबैभन्दा धेरै ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत खुद बीमाशुल्क आर्जन, जीवन बीमा कोष र कुल बीमाशुल्कमा भने अग्रता कायमै गर्न सफल भएको छ।सूचीकृत कम्पनीहरुबीच तुलनात्मक अध्ययन गर्दा प्रभु लाइफ र सानिमा लाइफ भने तुलनात्मक रुपमा कमजोर देखिएका छन्।

नेपाल लाइफपछि नेशनल लाइफको चुक्ता पूँजी अन्यको तुलनामा बढी अर्थात ४ अर्ब ३ करोड ५१ लाख रुपैयाँ रहेको छ ।चुक्ता पुँजिको आधारमा कमजोर सानिमा लाइफ र प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ । यी दुबै कम्पनीले बीमा समितिले तोकेको चुक्ता पुँजि पुराउन मर्जरको लागि पार्टनर खोजेर पारम्भिक सम्झौता गरिसकेका छन् । सानिमा लाइफले रिलायन्स लाइफ र प्रभु लाइफले महालक्ष्मी लाइफसँग सम्झौता गरिसकेका छन् । बाँकि चरणको लागि बैठकहरु समेत जारी राखेका छन् ।

खुद बीमाशुल्कको आधारमा
नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले यस अवधिमा कूल १ खर्ब ४ अर्ब १४ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् । त्यसमा नेपाल लाइफको मात्रै ३४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।
नेपाल लाइफ पछि एलआइसी नेपालले सबै भन्दा धेरै १८ अर्ब १३ करोड रुपैयाँ र नेशनल लाइफले १४ अर्ब २८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै युनियन लाइफले ७ अर्ब ५९ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ८० करोड रुपैयाँ, प्राइम लाइफले ४ अर्ब ६१ करोड, ज्योति लाइफले ३ अर्ब ६२ करोड, गुराँस लाइफले ३ अर्ब ५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् ।

रिलायन्स लाइफ, सुर्या लाइफ, सनिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले पनि २ अर्ब रुपैयाँ भन्दा बढी खुद बीमाशुल्क संकलन गरेका छन् ।

प्रभु लाइफ इन्स्योरेन्सले सबैभन्दा कम २ अर्ब २९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा
नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३५ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनलले यस अवधिमा ४० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

त्यसपछि, ज्योति लाइफले २३ करोड ९२ लाख रुपैयाँ, प्राइम लाइफले २२ करोड रुपैयाँ, गुराँस लाइफले १७ करोड ५१ लाख रुपैयाँ, एशियन लाइफले १६ करोड ९४ लाख रुपैयाँ कमाएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सले ३५ करोड २७ लाख रुपैयाँ र एलआईसी नेपालले ८ करोड ७४ लाख रुपैयाँ नोक्सानी व्योहोर्दा सबै भन्दा कम नाफा कमाउनेमा भने युनियन लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा युनियन लाइफले १ करोड २७ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ ।

जगेडा कोषको आधारमा
जगेडा कोषको आधारमा युनियन लाइफ इन्स्योरेन्स बलियो देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा युनियनको जगेडा कोषमा सबै भन्दा धेरै १ अर्ब ७ करोड रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको जीवन बीमा कोषमा पनि ११ अर्ब २७ करोड रुपैयाँ सञ्चित रहेको छ ।जीवन बीमा कोष भने नेपाल लाइफ इन्स्योरेन्सको मजबुत देखिएको छ । नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब ७९ करोड रुपैयाँ सञ्चित छ । कम्पनीको जगेडा कोषमा भने २८ करोड ८३ लाख रुपैयाँ मात्रै सञ्चित रहेको छ ।

यस्तै, एलआईसी नेपालको पनि जगेडा कोष र जीवन बीमा कोष मजबुत देखिएको छ । एलआईसीको जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैयाँ र जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड रुपैयाँ सञ्चित छ ।

नेशनल लाइफको जगेडा कोषमा ६६ करोड ७१ लाख रुपैयाँ र जीवन बीमा कोषमा ५१ अर्ब १५ लाख रुपैयाँ रहेको छ ।जीवन बीमा कोषमा सबैभन्दा कम प्रभु लाइफको ३ अर्ब ३ करोड रुपैयाँ मात्रै रहेको छ भने जगेडा कोषमा रिलायन्स लाइफको २१ करोड ५२ लाख रुपैयाँ मात्रै सञ्चित छ ।

प्रतिशेयर आम्दानीको आधारमा
प्रतिशेयर आम्दानीमा नेशनल लाइफ इन्स्योरेन्स अघि देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नेशनलको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै १० रुपैयाँ १३ पैसा रहेको छ ।यस्तै, ज्योति लाइफको ९ रुपैयाँ ८८ पैसा, गुराँस लाइफको ८ रुपैयाँ ४० पैसा, सानिमा लाइफको ७ रुपैयाँ ९५ पैसा र प्राइम लाइफको ७ रुपैयाँ ९१ पैसा रहेको छ ।

सबैभन्दा कम प्रतिशेयर आम्दानी भने युनियन लाइफको ५९ पैसा मात्रै रहेको छ ।यस्तै नोक्सानी व्योहोरेका नेपाल लाइफ र एलआईसी नेपालको प्रतिशेयर आम्दानी भने नकारात्मक रहेको छ । यस अवधिमा नेपाल लाइफको प्रतिशेयर आम्दानी सबै भन्दा धेरै ४ रुपैयाँ २९ पैसाले नकारात्मक रहेको छ । यस्तै एलआईसी नेपालको पनि प्रतिशेयर आम्दानी ३ रुपैयाँ २९ पैसाले नकारात्मक रहेको छ ।

प्रतिशेयर नेटवर्थमा भने युनियन लाइफ इन्स्योरेन्स अघि देखिएको छ । यस अवधिमा युनियनको प्रतिशेयर नटवर्थ १५० रुपैयाँ २२ पैसा रहेको छ ।सबैभन्दा कम नेटवर्थ भने नेपाल लाइफको रहेको छ । नेपाल लाइफको प्रतिशेयर नटवर्थ १०३ रुपैयाँ ५१ पैसा मात्रै रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*