रिलायबल नेपाल लाइफको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

२६ भाद्र २०७९, आईतवार १७:१७

काठमाडौं । रिलायबल नेपाल लाइफको एजेन्सी म्यानेजर र एमडिआरटीहरुलाई सम्मान गर्न र उत्प्रेरणा दिन गरिएको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रोग्राम मोटिभेटर रबिन कुमार कटुवालले उत्प्रेरणा दिएका थिए ।

कम्पनीले दोलखा र रामेछाप शाखाका आफ्ना एजेन्सी म्यानेजर तथा एमडिआरटी अभिकर्ताहरुलाई सम्मान तथा मोटिभेशनल तालिम सम्पन्न गरेको हो । कार्यक्रममा रिलायबल नेपाल लाइफमा आबद्ध १४० जना अभिकर्ताहरुको उपस्थिती रहेका थिए । उक्त तालिम देलखाको जिल्ला सदरमुकाम चरिकोटको होटेल यम्बोर्सियामा आज शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा शाखामा आवद्ध आफ्ना नयाँ तथा पुराना अभिकर्तारुलाई सम्मान गरेको कम्पनीले जनाएको छ । साथै उनीहरुलाई उत्प्रेरणा तालिम समेत दिइएको थियोउक्त कार्यक्रम बनेपा रिजनका रिजनल म्यानेजर राजकुमार गिरीको अध्यक्षता सम्पन्न भएको हो । त्यस्तै, कम्पनीका मुख्य प्रबन्धक शैलेन्द्र श्रेष्ठ को प्रमुख आतिथ्यता तथा कर्पोरेट ट्रेनर एण्ड मोटिमोशन प्रशिक्षक रबिन कुमार कटुवालको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा दोलखा र रामेछापका अभिकर्ताहरुको सहभागिता रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*