नेशनल लाइफकी चिफ बिजनेस मेनेजर दीपा ओलीले विद्यार्थीहरूलाई कापी वितरण गरेर मनाईन् जन्मोत्सव

२६ भाद्र २०७९, आईतवार १६:३८

काठमाडौं । जन्मोत्सव विभिन्न तरिकाले मनाउने गरिन्छ । कसैसँग खुसी बाँडेर वा साटेर र विभिन्न सामाजिक उत्तरदायित्वको कार्य गरेर आ–आफनौ तरिकाले मनाईने गरिन्छ । यसै क्रममा झापा बिर्तामोडकी नेशनल लाइफ इन्स्योरेन्सकी चिफ बिजनेस मेनेजर दीपा ओलीले सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएकी छिन् ।

बिर्तामोड–३ मा रहेको मदरसा तालिमुल कुरान आधारभूत विद्यालयमा रहेका विद्यार्थीहरूलाई कापी वितरण गरेर उनले जन्मोत्सव मनाएकी हुन् ।लायन्स क्लब अफ बिर्तामोड गोल्डेन ड्रिम्सकी सदस्य समेत रहेको उनले जन्मदिनमा गरिने फजुल खर्चले सामाजिक कार्य गरेकि हुन् ।

लाखौं खर्च गरेर मनाइएको जन्मोत्सव कार्यक्रमले कहिलै मनमा आनन्द नभएको र जन्मोत्सवको अवसरमा विद्यार्थीहरूलाई कापी वितरण गर्दा निक्कै आनन्द मिलेको बताईन् । मुस्लिम समुदायका बालबालिकाहरूले मात्र अध्ययन गर्ने थलो भए पनि अहिले गैर मुस्लिका बालबालिकाहरू पनि अध्ययनरत विधालयमा जन्मोत्सवको खुसी साटेको उनी बताँउछिन् ।

लायन्स क्लब अफ बिर्तामोड गोल्डेन ड्रिम्सको आयोजनामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत १ सय ७१ जना विद्यार्थीहरूलाई ६ सय थान कापी वितरण गरिएको विद्यालयकी प्रिन्सिपल अञ्जुम खातुनले बताइन् ।

कार्यक्रममा विद्यालय व्यस्थापन समितिका अध्यक्ष अफरोज खानले ओलीले आफ्नो जन्मदिनमा विद्यालयका मुस्लिम तथा गैर मुस्लिम विद्यार्थीलाई कापी वितरण गरेर समाजमा उदाहरणिय कार्य गरेको बताए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव विनिता लामाले गरेकी थिइन् ।

मदरसा तालिमुल कुरान आधारभूत विद्यालयले कक्षा ८ सम्म पठन पाठन गर्ने सरकारबाट अनुमति प्राप्त गरेको छ तर हाल कक्षा ६ सम्म पठाई हुँदै आएको छ । २०६४ सालमा स्थापना भएको यस विद्यालयले २०७५ सालबाट मुस्लिम अरबियन भाषा बाहेक अंग्रेजी र नेपाली विषयहरू पठनपाठन गराउन सुरु गरेको हो । हाल यस विद्यालयमा १ सय ७१ जना विद्यार्थीहरू रहेका छन् ।

जसमा ६९ जना छात्रा, १ सय जना छात्र रहेका छन् । १५ जना गैर मुस्लिम बालबालिकाहरू पढ्दै आएका छन् । समय सुहाउँदो प्रविधि मैत्री बन्दै गएको यस विद्यालय बिर्तामोडकै एक महत्वपूर्ण विद्यालय रहेको छ भने जस्तै धार्मिक रुपमा सञ्चलनमा आएका झापामा ५१ वटा मदरसा मध्ये नमुनाको रुपमा स्थापित बनेको छ । अन्य मदरसामा अरबियन उर्दू मात्र पढाई हुने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*