नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले मनाए आठौं स्थापना दिवस, सरकारसमक्ष यस्तो ध्यानाकर्षण

२६ भाद्र २०७९, आईतवार १४:३०

काठमाडौं । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आफ्नो आठौं स्थापना दिवसको अवसरमा “राष्ट्रिय तालिम तथा रोजगार दिवस–२०७९” शुभकामना तथा ध्यानाकर्षण कार्यक्रमको आयोजना गरेको छ । महासंघले उक्त क्षेत्रको बृहत्तर विकासको लागि बुँदागत रुपमा आफ्नो ध्यानाकर्षण गराएको छ ।

रिपोर्टर्स क्लब नेपालहाल उपलव्ध जनशक्तिसंग भएको सीपको प्रभावकारीताको विश्लेषण गरेर वर्तमान बजारको माग र भविश्यमा आवश्यक पर्ने दक्ष जनशक्तिको प्रक्षेपण अनुसार उक्त जनशक्तिहरुलाई आवश्यकक्ताअनुसार योजना बनाई कार्यान्वयन गर्ने माग गरेको छ ।

तालिम नभई रोजगारीको सिर्जना गर्न नसकिने, विदेश जानेहरु पनि दक्ष नबनी जाँदा, तालिम लिएर र दक्ष भएर जानेले राम्रो कमाउने गरेको, तालिम नलिई जानेहरु न्यूनतम पारिश्रमिक लिएर काम गर्न बाध्य । अनिवार्य रुपमा तालिम दिएर, दक्ष बनाएर पठाउनुपर्ने । नेपालमा हाईड्रो, सडक निर्माणका आयोजनामा विदेशी कामदारसँग आश्रित हुनुपरेको, तालिम आधारभुत गुणस्तर र मापदण्ड स्थापित गर्दै तालिममा एकरूपताका लागि देशै भरि हाल विभिन्न तरिकाले संचालन भएका तालिम कार्यक्रमहरु एक द्धारमार्फत पूर्णरुपले सिटिइभिटी वा सम्वन्धित निकायमा आवद्ध संस्थाहरुमार्फत मात्र संचालन गरिनुर्पे पनि उल्लेख गरेको छ ।

देशका सवै राजनिति दलले आफ्नो घोषणापत्रमा प्रविधिक शिक्षा तथा व्यावसायिक सीप विकास तालिमको आवश्यक्ता, रोजगारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सोहीअनुरुप यस्को कार्यान्वयन गराउनमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने पनि उल्लेख गरेको छ ।

एक व्यक्ति, एक सीप र एक रोजगारी मौलिकहकको रुपमा सुनिश्चित गरिनुपर्ने उसको माग छ । महासंघका अध्यक्ष अच्युत नेपालले महासंघ नेपालमा विद्यमान रहेको बेरोजगारी र गरिवी निवारणमा रोजगार, स्वरोजगार र उद्यमशिलता सिर्जना गर्दै सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि मुख्य मेरुडण्ढ भएर स्थापित हुने विश्वास दिलाए ।

उनले आफूहरुले बेरोजगारी अन्त्यको लागि आवाज उठाउँदै आएको र मुकुलुमा रोजगारी स्थापनाको लागि भूमिका खेलेको पनि सुनाए । उनले दक्ष जनशक्ति उत्पादनको लागि योगदान पुर्याएको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष प्रमोद बानियाँ र संस्थापक अध्यक्ष तथा नेपाली उपभोक्त महासंघका अध्यक्ष चन्द्र साउदले शुभकामना दिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*