रामदेव तेलद्धारा बिजेतालाई पुरस्कार बितरण

२४ भाद्र २०७९, शुक्रबार १६:५२

काठमाडौं । लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ता महानुभावहरुसँग अन्र्तक्रिया गर्ने उदेश्यले तपाइको हरेक चाडपर्वमा माया भर्छौ हामी , चाडपर्वको बहार हरेक हप्ता उपहार योजना अन्र्तगत तेश्रो हप्ताको लक्की मार्फत बिजेता भएका बिजयीहरुलाई एक समारोहकाबीच पुरस्कार बितरण गरिएको छ ।

यस तेश्रो हप्ताको लक्की ड्र गरिएको तेश्रो हप्ताको प्रश्नोत्तर ‘सल्भ दि पजल’ रहेको थियो । जस अन्र्तगत यस प्रतियोगितामा भाग लिई लक्की ड्र मार्फत बिजेता हुन सफल प्रतियोगीहरुमध्ये २ जनाले जनही १/१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका छन् । यस प्रतियोगितामा सहभागी भई बिजेता हुन सफल काठमाण्डौं थानकोटकी सुभध्रा बिष्ट र काठमाण्डौ टेकुकी स्वाती मर्हजन रहेकी थिइन् । गणपति बनस्पति प्रा.लि. का मार्केटिङ्ग मेनेजर बिनोद श्रेष्ठले उनीहरु दुवैजनालाई पुरस्कार बितरण गरेका थिए ।

रामदेव तेलले यसरी हामीलाई डिजिटल मिडिया मार्फत जोडी उत्पादनसँग परिचित गराएको धन्यवाद दिन चाहन्छौ. पुरस्कार बिजेता स्वाती मर्हजनले बताइन् ।

गणपति बनस्पति प्रा.लि.ले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री बितरण गर्दै आइरहेको छ । गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा अब शुरु हुन लागेको नेपालीहरुको महान चाड तीजदेखि छठ पर्व सम्मको लागि चाडपर्वको बहार हरेक हप्ता आर्कर्षक उपहार योजना सार्वजनिक यसअघि नै गरिसकेको छ ।

जस अनुसार यो डिजिटल मिडिया फेसबुक मार्फत हुने प्रतिस्र्पधामा जो सुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना बिजेतालाई लक्की ड्र मार्फत पुरस्कार बितरण गरिने कम्पनीले जनाएको छ । गणपति बनस्पति प्रा.लि. लक्की ग्रुपको भागिनी संस्था हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*