चितवनको दाना गोदाममा आगलागी हुंँदा करोडौको क्षति

२४ भाद्र २०७९, शुक्रबार ११:०२

काठमाडौं । चितवनको एक कुखुरा गोदाममा आगलागी हुंँदा डेढ करोड बराबरको क्षति भएको छ ।

राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरे स्थित किरण ओलीको मञ्जुश्री दाना उद्योगको गोदाममा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राती १ बजेर ४० मिनेटको समयमा गोदाममा विद्युत सर्ट भई आगो लागेको र दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ३ बजेर २० मिनेटमा आगो नियन्त्रणमा आएको हो ।

आगलागीबाट दाना बनाउन प्रयोग हुने मेशीन, बिजुलीका सामान,दाना लगायतका सामान डढेपछि डेढ करोड बराबरको क्षति अनुमान गरिएको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेकोे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*