रुकुम पश्चिमबाट माओवादी उम्मेदवार जनार्दन शर्मा सर्वसम्मत सिफारिस

२३ भाद्र २०७९, बिहीबार १७:५०

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।

नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष सचिन रोकाले जानकारी दिए ।

बैठकले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । जस अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर क मा महेन्द्र केसी र ख मा राजकुमार शर्मा रहेको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*