पठाओले ल्यायो ‘दशैं महोत्वस २०७९’ डबल धमाका, लक्की ड्रमार्फत बजाज पल्सर र डिस्कभर उपहार

२२ भाद्र २०७९, बुधबार १५:४२

काठमाडौं । राइड सेयरिङ एप पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानका लागि ‘दशैं महोत्सव २०७९’ अफर ल्याएको छ ।

पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालका अनुसार पठाओको अग्रभागमा रहेर खटिने राइडर, क्याप्टेन र फुडम्यानहरुको अमूल्य योगदानको कदर गर्दै उक्त अफर ल्याइएको हो । भदौ २३ गतेदेखि असोज १२ गतेसम्मका लागि उक्त महोत्सव आयोजना गरिएको हमालले बताइन् ।

दशैं महोत्सव अन्तर्गत तोकिएको प्रक्रिया पुरा गर्ने राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट हरेक हप्ता टिभी, रेफ्रिजरेटर जस्ता विभिन्न आकर्षक पुरस्कारहरू जित्नुका साथै विविध क्वेस्टहरू पनि जित्न सक्ने हमालले जानकारी दिइन् ।

राइडर, क्याप्टेन र फुडम्यानमा दुई जनालाई लक्की ड्र मार्फत छनौट गरि बम्पर उपहारमा बजाज पल्सर २२० र बजाज डिस्कभर १२५ दिइने हमाल बताउँछिन् । तीन हप्तामा ९ जना र बम्पर उपहारमा २ जना गरि कुल ११ जना विजेता हुनेछन् । पुरस्कारहरू जित्न तोकिएको मापदण्ड पूरा गरि नियमहरूको पूर्ण रूपमा पालना गर्नुपर्ने हुन्छ ।

यस्तै, दशैँ महोत्सवको अवधि भरी निःशुल्क राइडरको रूपमा दर्ता हुन पाइने विजेताहरू हरेक हप्ता फेसबुक लाइभबाट घोषणा गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*