बीमा कम्पनीहरुलाई जोखिमांक तथा दावी भुक्तानी सम्बन्धी निर्देशनहरु पूर्ण पालना गर्न बीमा समितिद्धारा निर्देशन

२२ भाद्र २०७९, बुधबार १५:०१

काठमाडौं । बीमा समितिले बीमालेखको जोखिमांक तथा दाबी भुक्तानी प्रकृयासम्बन्धी निर्देशनहरु पूर्णरुपमा पालना गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बीमा समितिले यसअघि जारी गरेका जोखिम तथा दाबी भुक्तानीमा समस्या देखिएको भन्दै बीमा समितिले उक्त निर्देशन पूर्ण पालना गर्न निर्देशन दिएको हो । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई आज लिखित पत्राचार गर्दै लिखित निर्देशन दिएको हो ।

बीमा क्षेत्रमा देखिएको समस्याहरु निराकरणमा गर्न भएका निर्देशिकाहरु पालना नगर्दा यस्तो समस्या देखिएको भन्दै समितिले पूर्ण रपमा पालना गर्न यस्तो निर्देशन दिएको समितिले जनाएको छ ।

बीमालेखको जोखिमाङ्कन तथा दाबी भुक्तानी प्रक्रियामा प्रचलित कानुन तथा समितिबाट जारी निर्देशनहरूको पूर्णतः पालना गर्नतर्फ आवश्यक व्यवस्था मिलाउन समेत समितिले कम्पनीहरूलाई निर्देशन दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*