बजाज इन्ट्रासिटीको ‘यस पालीको चाड, उपहार संगै स्वरोजगार’ अभियान
काठमाडौं । बजाज थ्री ह्वीलर्स, बजाज रि बिएस ६ र बजाज म्याक्सिमा सिको एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । सो अभियानको नाम ‘यस पालीको चाड, उपहार संगै स्वरोजगार’ राखिएको छ ।
बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा बजाज म्याक्सिमा सि वा बजाज रि बिएस ६ को खरिदमा ३२ इन्चको हिमस्टार एलइडि स्मार्ट टिभि वा सामसङ एफ २२ स्मार्ट फोन पाउनु अफ्फर ल्याएको छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका निर्देशक, अभिमन्यु गोल्छाले भने, ‘चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ। उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो।
उक्त अफरले मानिसहरूलाई आफ्नै देशमा बजाज म्याक्सिमा सि वा बजाज रि बिएस ६ खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ ।’ यो ‘यसपालीको चाड, उपहार संगै स्वरोजगार’ अफर सिमित अवधिको लागि मात्र मान्य हुनेछ ।