बीमाको विधेयकमा ६ अन्तराष्ट्रिय सिद्धान्त समावेश गरि उत्कृष्ट बनाएका छौ : अर्थमन्त्री शर्मा

२१ भाद्र २०७९, मंगलवार १५:५८

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट बीमा विधेयक २०७५ माथि विचार गरियोस भन्ने प्रस्तावमाथि छलफल भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बीमा विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए । आज प्रतिनिधि सुभा सौद्धान्तिक बिषयमा मात्रै आज छलफल गरिएको थियो ।

प्रतिनिधि सभाले गत साउन २९ गते बीमा विधेयक स्वीकृत गरेको थियो । आज विधेयकका विषयमा आज शैद्धान्तिक छलफल तथा बहस भएको थियो । बहसका क्रममा सबैले बीमा विधेयकको स्वागत गर्नुका साथै समर्थन जनाएका थिए । सौद्धान्तिक बिषयमा मात्रै आज छलफल गरिएको थियो ।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद तुलसाकुमारी दाहाल र देवेन्द्र दाहालले प्रश्न गरेका थिए ।छलफलमा उठेका प्रश्नको जावाफ दिँदै अर्थमन्त्री शर्माले संविधानको भावना बमोजिम सरकारको समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यलाई सार्वजनिक तथा निजी क्षेत्र र सहकारीताको अधिकतम परिचालन र तीव्र आर्थिक वृद्धि गर्ने लक्ष्यअनुरुप विधेयक ल्याइएको बताए।

तुलसा कुमारी दाहाल

बीमा सम्बन्धी संसोधन गर्न बनेको प्राधिकरण स्वागतयोग्य रहेको छ । सौद्धान्तिक बिषयमा बोल्दै र्सांसद तुलसा कुमारी दाहालले अझै पनि असपष्ट रहेको र त्यसलाई ध्यान दिईनुपर्ने सुझवा दिएका थिए । विदेशी सरकारी र अर्धसरकारी बीमा व्यवस्थापन गर्न यो विधेयकले थप सहयोग पुग्ने उनले बताईन्।

रविन्द्र दाहाल

बीमा प्रणाली र बीमा व्यवसायलाई व्यवस्थित गर्न यो विधेयक आएको छ । यसलाई सरकारात्मक स्वागत गर्न चाहान्छु । नेपालमा च्याउसरी उम्रिएका बीमा कम्पनीहरुलाई नियमन गर्न आवश्यक छ । प्राधिकरणले यसलाई नियमन गर्न सक्छ भन्ने लाग्छ । बीमित मैत्री सेवा नपाउने अवस्था रहेको छ , त्यसलाई नियामन गर्न जरुरी रहेको छ ।

सौद्धान्तिक बिषयको छलफलमा उठेको प्रश्नहरु उत्तर दिँदै अर्थमन्त्रालय जर्नादन शर्माले अर्थसमितिमा लामो समयदेखि छलफल भएर आएको हुँदा समेट्ने प्रयास गरिएको उनले बताए । बीमा ऐन २०७९ ले बीमका सबै बिषय समेट्न नसकेको हुँदा केही कमीकमजोरी अझै रहेको स्वीकार व्यक्त गरे ।

अर्थमन्त्री शर्माले बीमाको विधेयकमा ६ अन्तराष्ट्रिय सिद्धान्त समावेश गरि उत्कृष्ट बनाएका बीमा विधेयकमा ६ नयाँ आधारभूत सिद्धान्त लाई समेटिएको बताएका छन् ।बीमा नियमन, बीमा व्यवसाय, बीमा दरार, बीमित सहित संरक्षण, रुप र सजाय र सहयोगी संस्थाको निमार्ण बीमा विधेयकमा समेटिएको अर्थमन्त्री शर्माले बताएका छन् ।

हालको बीमा ऐनले बीमाका सबै विषय नसमेटेकाले विधेयकको अपरिहार्यता महसुस गरी सबै सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाइएको र प्राप्त सुझावलाई समेत समेटेर विधेयक अघि बढाइने मन्त्री शर्माले विश्वास दिलाए ।बीमामार्फत गुणस्तरीय स्वास्थय सेवा प्राप्त गर्ने नागरिकको अधिकार सुनिश्चित् गर्न र जनताको विश्वास कायम गर्न विधेयकले सहयोग पुग्ने उनको भनाइ थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*