पातलो डिजाइन, बलियो, र लामो समय चल्ने नोकिया सि २१ प्लस बजारमा

२१ भाद्र २०७९, मंगलवार ११:३५

काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र अति किफ्यती सि सिरिज अन्तर्गत् नयाँ नोकिया सि २१ प्लस सर्वजनिक गरेको छ । सो मोबाईल १६ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ । यो स्मार्टफोन, हेर्नलाई राम्रो, बलियो, गुणस्तर र विश्वभर प्रसिद्ध यसको लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ ।

एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइश भने “उपभोक्ताहरूका लागि गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन हामीले सि–सिरिज निकालेका छौं । उपभोक्ताहरूको समस्यहरुलाई मध्यनजर गर्दै ब्याट्री लाइफ, फोनको स्टोरेज र क्यामेराको गुणस्तरलाई सम्बोधन गर्दै नोकिया सि २१ प्लस डिजाइन गरिएको छ ।

उक्त मोवाइलमा स्लिम डिजाइनमा भरपर्दो ब्याट्री आकर्षक लुक र लामो समय सम्म चल्ने ब्याट्री लाइफ भएको नोकिया सि २१ प्लस ५०५० एमएएच ब्याट्री साइजमा समावेश गरिएको छ । यसले एक चोटी चार्ज गर्दा तीन दिनको ब्याट्री जीवन प्रदान गर्दछ ।

बलियो र कडा परीक्षण गरिएको विश्वको सबैभन्दा बलियो मानिएको नोकियाको ऋद्दज्ञ प्लस गुणस्तरको सन्दर्भमा तपाई ढुक्क हुन सक्नुहुन्छ। यसमा भाएको मेटल चेसिस र बलियो गिलास कभर फोहोर, धुलो र पानीका थोपाहरूबाट अतिरिक्त सुरक्षाको लागि क्ष्एछद्द–मूल्याङ्कन गरिएको छ ।

प्रख्यात सुरक्षा स्मार्टफोनहरूमा प्रायः मानिसहरूको सबैभन्दा निजी जानकारी भण्डारण हुन्छ, साथै यो मनोरञ्जन, बैंकिङ, र महत्त्वपूर्ण सञ्चारको हब पनि मानिन्छ । सि–सिरिजको हिस्सा भएको नोकियासि २१ प्लसमा प्रयोगकर्ताको सबै कुरा सुरक्षित राख्नको लागि दुई वर्षको त्रैमासिक सुरक्षा अपडेटहरू प्रदान गर्दछ। थप गोपनीयता र सुविधाको लागि, फिंगरप्रिन्ट र एआई फेस अनलक प्रविधिले आझ बढी सुरक्ष्या सुनिश्चित गर्दछ ।

यस प्रविधिको साथ १३ एमपि डुअल क्यामेराले अविस्मरणीय पलहरूलाई कैद गर्न मद्दत गर्दछ। विभिन्न मोडहरू जस्तै पोर्ट्रेट, पानोरमा र ब्यूटिफिकेशनले देखिने आश्चर्यजनक तस्बिरहरू सिर्जना गर्दछ । ६.५” एचडि प्लस डिस्प्लेले अविश्वसनीय परिभाषा र स्पष्ट भिडियो र तस्बिरहरू सुनिश्चित गर्दछ ।

यस मोवालमा ३÷३२ जिबि स्टोरेज र अन्य भेरियन्टहरूको साथ डार्क सियान र वार्म ग्रे रंगमा उपलब्ध यो फोन को मूल्य १६ हजार ४ सय ९९ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*